• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات   بحوث ودراسات   جدول المحاضرات   اختبارات الأعوام السابقة   كتب   صوتيات   رأي وتعقيب   مجموع الرسائل   اعترافات علماء الاجتماع   مواد مترجمة  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    مراجعة استبانة رسالة ماجستير عن الغارمات (2)
    د. أحمد إبراهيم خضر
  •  
    مراجعة دليل مقابلة لرسالة دكتوراه (1)
    د. أحمد إبراهيم خضر
  •  
    استخدام الممارسة المهنية المبنية على البراهين ...
    د. أحمد إبراهيم خضر
  •  
    استخدام إستراتيجية الفلور تايم من منظور خدمة ...
    د. أحمد إبراهيم خضر
  •  
    استخدام نموذج (CIROD) لتحليل عائد بحوث التخطيط ...
    د. أحمد إبراهيم خضر
  •  
    التدخل المهني من منظور الممارسة العامة للخدمة ...
    د. أحمد إبراهيم خضر
  •  
    تعليق حول الخطط البحثية التي تتناول العلوم ...
    د. أحمد إبراهيم خضر
  •  
    مراجعة خطة رسالة: متطلبات تحقيق الحراك المهني ...
    د. أحمد إبراهيم خضر
  •  
    مراجعة خطة رسالة: تصور مقترح لتفعيل دور الأخصائي ...
    د. أحمد إبراهيم خضر
  •  
    مناقشة رسالة دكتوراه بجامعة أسيوط عن التحول ...
    د. أحمد إبراهيم خضر
  •  
    مناقشة رسالة عن ظاهرة الأخذ بالثأر بجامعة الأزهر
    د. أحمد إبراهيم خضر
  •  
    الجديد في عرض الباحثين لمشكلة البحث
    د. أحمد إبراهيم خضر
  •  
    تعليق هيئة الإشراف على رسالة دكتوراه في الخدمة ...
    د. أحمد إبراهيم خضر
  •  
    نموذج افتراضي لمحتويات إطار رسالة دكتوراه عن ...
    د. أحمد إبراهيم خضر
  •  
    مناقشة رسالة ماجستير : تصور مقترح لتفعيل مشاركة ...
    د. أحمد إبراهيم خضر
  •  
    ملاحظات على خطة رسالة ماجستير عن مشكلات ضحايا ...
    د. أحمد إبراهيم خضر
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

شؤم الذنوب (خطبة) - باللغة النيبالية

شؤم الذنوب (خطبة) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 15/1/2025 ميلادي - 15/7/1446 هجري

الزيارات: 4130

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

शीर्षक:

पापका अशुभ संकेतहरू


प्रथम प्रवचन:

الحمد لله الواحدِ القهار، العزيزِ الغفار، وأشهد أن لا إله إلا الله الحليمُ الجبار، وأشهد أن محمدًا عبده ورسوله، صادق أمين بليغ العبارة، أُرسل بالبشارة والنذارة، صلى الله وسلم عليه وعلى آله وصحبه ما أظلم ليل وأضاء نهاره.

प्रशंसा र प्रार्थना पश्चात् !


परमदयालु अल्लाहका भक्तहरु ! म स्वयं आफैलाई र तपाइहरुलाई अल्लाह सँग ईशभय राख्ने सल्लाह गर्दछु ।

﴿ وَاتَّقُوا يَوْمًا تُرْجَعُونَ فِيهِ إِلَى اللَّهِ ثُمَّ تُوَفَّى كُلُّ نَفْسٍ مَا كَسَبَتْ وَهُمْ لَا يُظْلَمُونَ ﴾ [البقرة: 281].


अनुवाद: त्यस दिनको भय गर जुन दिन तिमीहरूलाई अल्लाहतर्फ फर्काएर लगिनेछ । अनि प्रत्येक मानिसलाई जुन उसले कमाएको हुनेछ त्यसको पूर्णरूपमा प्रतिफल प्रदान गरिनेछ र तिनीहरूप्रति कुनै अन्याय गरिने छैन ।


विश्वासी भाइहरू! इमाम मुस्लिमले आफ्नो सहिहमा हजरत अगर अल-मुज्नी [अल्लाह उहाँसँग प्रसन्न होउन्] द्वारा उधृत गरेका छन् कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मानिसहरू! अल्लाहसँग तौबा [प्रायश्चित] गर्ने गर [अर्थात् पश्चात्ताप गर] किनभने म अल्लाहसँग दिनमा सय पटक तौबा गर्ने गर्छु ।" हजरत अगर अल-मुज्नीले हामीलाई अर्को समान हदीसको बारेमा पनि जानकारी दिनुहुन्छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब मेरो हृदयमा बादलले ढाकेको जस्तो [धमिलो] हुन्छ, म अल्लाहसँग दिनमा सय पटक (यस अवस्था हटाउन) माफी माग्छु ।"


अल-नवावीले काजी अय्याजबाट यस हदीसमा (अल-गबन) शब्दको अर्थ उद्धृत गरेका छन् कि: "एउटा अर्थ यो हो: "अल्लाहको सम्झनामा ढिलाइ र बेवास्ता जसमा उहाँ केहि निरन्तरताका साथ् रहनुहुन्थ्यो, जब उहाँलाई त्यस कैफियतबाट सुस्ती आउंथ्यो अथवा अल्लाहको सम्झनामा बेवास्ता भएको महसुस गर्नुहुन्थ्यो, उहाँले यसलाई पाप मान्नुहुन्थ्यो, त्यसैले उहाँले अल्लाहसँग माफी माग्नुहुन्थ्यो”


जब रसूलल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) को अवस्था यस्तो हुन्थ्यो भने हामी पापी र सत्कर्मदेखि दूर भएका हुँदा पश्चात्ताप र माफी माग्नु हामीलाई अझ कति आवश्यक होला?


इस्लामी दाजुभाइहरु ! पश्चात्ताप र क्षमायाचना त्यो चिज मध्ये हो जसमा सबै अगमवक्ताहरूको शरियत/ कानून एकमत छन्, हजरत शोएब (अलैहिस्सलाम) ले आफ्ना समुदायलाई भने:

﴿ وَاسْتَغْفِرُوا رَبَّكُمْ ثُمَّ تُوبُوا إِلَيْهِ إِنَّ رَبِّي رَحِيمٌ وَدُودٌ ﴾ [هود: 90].


अनुवाद: अनि, आफ्ना पालनकर्तासित क्षमायाचना गर र उनैतर्फ फर्क । निस्सन्देह मेरा पालनकर्ता परम दयालु एवं स्नेही छन् ।


र हूद (अलैहिस्सलाम) ले आफ्ना समुदायलाई भने:

﴿ وَيَا قَوْمِ اسْتَغْفِرُوا رَبَّكُمْ ثُمَّ تُوبُوا إِلَيْهِ يُرْسِلِ السَّمَاءَ عَلَيْكُمْ مِدْرَارًا وَيَزِدْكُمْ قُوَّةً إِلَى قُوَّتِكُمْ ﴾ [هود: 52]


अनुवाद: हे मेरा जातिबन्धुहरू हो ! तिमीहरू आफ्ना पालनकर्तासित क्षमायाचना गर । र, उनैतिर फर्क । उनले तिमीहरूमाथि आकाशबाट अबिरल वर्षा गर्नेछन् र तिमीहरूको शक्तिमा अझ शक्ति थप्नेछन् ।


सालेह (अलैहिस्सलाम) ले आफ्ना समुदायलाई भने:

﴿ يَا قَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُمْ مِنْ إِلَهٍ غَيْرُهُ هُوَ أَنْشَأَكُمْ مِنَ الْأَرْضِ وَاسْتَعْمَرَكُمْ فِيهَا فَاسْتَغْفِرُوهُ ثُمَّ تُوبُوا إِلَيْهِ إِنَّ رَبِّي قَرِيبٌ مُجِيبٌ ﴾ [هود: 61]


अनुवाद: हे मेरा जातिबन्धुहरू हो ! केवल अल्लाहको उपासना गर । उनीबाहेक तिमीहरूको कोही उपास्य छैन । उनले नै तिमीहरूलाई धर्तीबाट सृजना गरे र त्यसमा तिमीहरूलाई बसाए । अतः उनीसित क्षमायाचना गर अनि उनैतर्फ फर्क । निस्सन्देह मेरा पालनकर्ता अति निकट छन् र प्रार्थनालाई पनि स्वीकार्छन् ।


नूह (अलैहिस्सलाम) ले आफ्ना समुदायलाई भने:

﴿ اسْتَغْفِرُوا رَبَّكُمْ إِنَّهُ كَانَ غَفَّارًا * يُرْسِلِ السَّمَاءَ عَلَيْكُمْ مِدْرَارًا * وَيُمْدِدْكُمْ بِأَمْوَالٍ وَبَنِينَ وَيَجْعَلْ لَكُمْ جَنَّاتٍ وَيَجْعَلْ لَكُمْ أَنْهَارً ﴾ [نوح: 10، 12].

अनुवाद: अनि मैले भने– आफ्ना रबसित क्षमायाचना गर । निस्सन्देह उनी अत्यन्त क्षमाशील छन् । उनी तिमीहरूमाथि आकाशबाट खुबै पानी बर्साउनेछन् । तिमीहरूलाई धन–सम्पत्ति तथा सन्तानलाई बढाउनेछन् । तिमीहरूकालागि बगैँचाहरू सृष्टि गर्नेछन् र तिमीहरूकालागि नदीहरू बगाउनेछन् ।


र अल्लाहले आफ्ना संदेश्वाहक मुहम्मद लाई आदेश दिनुभयो कि आफ्नो समुदायलाई भनिदिनु कि,

﴿ أَلَّا تَعْبُدُوا إِلَّا اللَّهَ إِنَّنِي لَكُمْ مِنْهُ نَذِيرٌ وَبَشِيرٌ * وَأَنِ اسْتَغْفِرُوا رَبَّكُمْ ثُمَّ تُوبُوا إِلَيْهِ يُمَتِّعْكُمْ مَتَاعًا حَسَنًا إِلَى أَجَلٍ مُسَمًّى وَيُؤْتِ كُلَّ ذِي فَضْلٍ فَضْلَهُ ﴾ [هود: 2، 3].


अनुवाद: अल्लाहबाहेक कसैको उपासना नगर र म तिमीहरूकालागि उनको तर्फबाट सचेतक एवं शुभसूचक हुँ । र, यो कि आफ्ना पालनकर्तासित क्षमायाचना गर र उनीतर्फ फर्क ताकि उनले तिमीहरूलाई एक निश्चित अवधिसम्म राम्रो जीवन सामग्री प्रदान गरून् र प्रत्येक उच्च व्यक्तिलाई उसको उच्चता प्रदान गरून् ।

 

परम दयालुका सेवकहरू! पश्चात्ताप र क्षमायाचनाका मार्फत हामीले हाम्रा पापहरू मेटाउँछौं, पश्चात्ताप र क्षमाद्वारा हामी अल्लाहको क्रोध र सजायबाट आफूलाई सुरक्षित् राख्दछौं । के अल्लाह सर्वशक्तिमानले यसो भनेका छैनन् र:

﴿ وَمَا أَصَابَكُمْ مِنْ مُصِيبَةٍ فَبِمَا كَسَبَتْ أَيْدِيكُمْ وَيَعْفُو عَنْ كَثِيرٍ ﴾ [الشورى: 30].

 

अनुवाद: र, तिमीहरूमाथि जुन सङ्कट आउँछ त्यो तिमीहरूको आफ्नै हातको कमाइको कारणले आउँछ । र, कतिपय कुराहरूलाई उनी माफ पनि गरिदिन्छन् ।


के अल्लाह सर्वशक्तिमानले यसो भनेका छैनन्:

﴿ ظَهَرَ الْفَسَادُ فِي الْبَرِّ وَالْبَحْرِ بِمَا كَسَبَتْ أَيْدِي النَّاسِ ﴾ [الروم: 41]

अनुवाद: मानिसको आफ्नै हातको दुष्कर्मले गर्दा थल तथा जलमा विध्वंस उत्पन्न भएको छ ।


के अल्लाह सर्वशक्तिमानले यसो भनेका छैनन्:

﴿ وَمَا أَصَابَكَ مِنْ سَيِّئَةٍ فَمِنْ نَفْسِكَ ﴾ [النساء: 79].


अनुवाद: तिमीहरूलाई जे-जति फाइदा पुग्छ त्यो अल्लाहको तर्फबाट हो र तिमीहरूमाथि जुन सङ्कट पनि आउँदछ त्यो तिम्रै (कर्तूतको) कारणले हो ।


अल्लाह तआलाले भन्नुहुन्छ

﴿ نَبِّئْ عِبَادِي أَنِّي أَنَا الْغَفُورُ الرَّحِيمُ * وَأَنَّ عَذَابِي هُوَ الْعَذَابُ الْأَلِيمُ ﴾ [الحجر: 49، 50].


अनुवाद: (हे सन्देष्टा!) मेरा भक्तहरूलाई सूचित गरिदेऊ– म अति क्षमाशील एवं परम दयालु छु । तर मेरो यातना पनि अति दुखदायी छ ।


परम दयालुका सेवकहरू! पापमा यस संसार र परलोकको अशुभ संकेतहरू छन्, यस संसारमा पापका अशुभ संकेतहरू यस प्रकार छन्:

पापले हृदयलाई कठोर बनाई त्यसमा खिया लगाउँछ । अल्लाह तआला भन्नुहुन्छ:

﴿ كَلَّا بَلْ رَانَ عَلَى قُلُوبِهِمْ مَا كَانُوا يَكْسِبُونَ ﴾ [المطففين: 14].

अनुवाद: कदापि होइन तिनीहरूले गरेको दुष्कर्मको कारणले नै तिनीहरूको हृदयमा खिया परेको छ ।


कहिलेकाहीँ यी पापहरूको कारण, हृदयमा मोहर लगाई त्यसलाई बन्द गरिदिइन्छ । सर्वोच्च अल्लाह भन्नुहुन्छ:

﴿ أَنْ لَوْ نَشَاءُ أَصَبْنَاهُمْ بِذُنُوبِهِمْ وَنَطْبَعُ عَلَى قُلُوبِهِمْ فَهُمْ لَا يَسْمَعُونَ ﴾ [الأعراف: 100].


अनुवाद: हामीले चाहेको भए तिनीहरूको पापले गर्दा तिनीहरूलाई नष्ट गर्न सक्थ्यौं र, हामी तिनीहरुका हृदयमाथि मोहर लगाइदिन्छौं, अनि तिनीहरू सुन्नै सक्दैनन्?


पापको एक अशुभ संकेत यो पनि हो कि मानिस अपमानित भई सत्यबाट बहकिन्छ । सर्वोच्च अल्लाह भन्नुहुन्छ:

﴿ فَإِنْ تَوَلَّوْا فَاعْلَمْ أَنَّمَا يُرِيدُ اللَّهُ أَنْ يُصِيبَهُمْ بِبَعْضِ ذُنُوبِهِمْ ﴾ [المائدة: 49].

अनुवाद: यदि तिनीहरू विमुख हुन्छन् भने जानिराख, अल्लाहले नै तिनीहरूलाई तिनका केही पापहरूको सजायँ दिन चाहन्छन् ।


पापको एक अशुभ संकेत यो पनि हो कि भोकमरी र ईश्वरीय वरदानको समाप्ति पनि हो ।


﴿ وَضَرَبَ اللَّهُ مَثَلًا قَرْيَةً كَانَتْ آمِنَةً مُطْمَئِنَّةً يَأْتِيهَا رِزْقُهَا رَغَدًا مِنْ كُلِّ مَكَانٍ فَكَفَرَتْ بِأَنْعُمِ اللَّهِ فَأَذَاقَهَا اللَّهُ لِبَاسَ الْجُوعِ وَالْخَوْفِ بِمَا كَانُوا يَصْنَعُونَ ﴾ [النحل: 112].


अनुवाद: अनि, अल्लाह यस्तो नगरको उदाहरण प्रस्तुत गर्छन् जसलाई शान्ति तथा सन्तुष्टि प्राप्त थियो र प्रत्येक दिशाबाट त्यसको खाद्यान्न सामग्री प्रशस्त मात्रामा आइरहेको थियो तर त्यसले अल्लाहको वरदानप्रति कृतघ्नता देखायो । अतः अल्लाहले त्यसलाई त्यसको कुकर्मले गर्दा भोक र त्रासको स्वाद चखाए ।


पापको अशुभसंकेत, विनाशकारी सजायको रूपमापनि देखा पर्दछ:

﴿ فَكُلًّا أَخَذْنَا بِذَنْبِهِ فَمِنْهُمْ مَنْ أَرْسَلْنَا عَلَيْهِ حَاصِبًا وَمِنْهُمْ مَنْ أَخَذَتْهُ الصَّيْحَةُ وَمِنْهُمْ مَنْ خَسَفْنَا بِهِ الْأَرْضَ وَمِنْهُمْ مَنْ أَغْرَقْنَا وَمَا كَانَ اللَّهُ لِيَظْلِمَهُمْ وَلَكِنْ كَانُوا أَنْفُسَهُمْ يَظْلِمُونَ ﴾ [العنكبوت: 40].

अनुवाद: अतः हामीले प्रत्येकलाई उसको पापको कारणले समात्यौं । तिनीहरूमध्ये केहीमाथि हामीले ढुङ्गा बर्साउने हुरी–बतास पठायौं भने अन्य कसैलाई भयंकर धमाकाले समात्यो । केहीलाई हामीले धर्तीसमेत धसाइदियौं भने केहीलाई चुर्लुम्मै डुबाइदियौं । तिनीहरूमाथि अल्लाह अत्याचार गर्नेवाला थिएनन् बरु तिनीहरू स्वयं आफैंमाथि अत्याचार गर्दै थिए ।


अल्लाह तआला भन्नुहुन्छ:

﴿ أَفَأَمِنَ الَّذِينَ مَكَرُوا السَّيِّئَاتِ أَنْ يَخْسِفَ اللَّهُ بِهِمُ الْأَرْضَ أَوْ يَأْتِيَهُمُ الْعَذَابُ مِنْ حَيْثُ لَا يَشْعُرُونَ ﴾ [النحل: 45].


अनुवाद: के षड्यन्त्रपूर्ण योजना बनाउने व्यक्तिहरू यस कुराबाट निश्चिन्त भएका छन् कि अल्लाहले तिनीहरूलाई धर्तीमा धसाऊन् वा तिनीहरूमाथि अकल्पनीय दिशाबाट प्रकोप आओस्...


र कहिलेकाहीँ अल्लाहको दण्ड अचानक (अवज्ञापनको अवस्थामा) तिनीहरूमाथि आइपुग्छ:

﴿ وَاتَّبِعُوا أَحْسَنَ مَا أُنْزِلَ إِلَيْكُمْ مِنْ رَبِّكُمْ مِنْ قَبْلِ أَنْ يَأْتِيَكُمُ الْعَذَابُ بَغْتَةً وَأَنْتُمْ لَا تَشْعُرُونَ ﴾ [الزمر: 55].


अनुवाद: र, आफ्ना पालनकर्ताको तर्फबाट अवतरण भएको सर्वाेत्तम शिक्षाको अनुसरण गर, त्यस समय भन्दा अघि नै कि तिमीहरू असावधान रहेको अवस्थामा अकस्मात् तिमीहरूमाथि प्रकोपको आगमन होस् ।


पापहरुको नराम्रो संकेत यो पनि हो कि तिनीहरुको कारणले अल्लाह सर्वशक्तिमानले अत्याचारीहरू र अपराधीहरूलाई एक अर्कामा थोपिदिन्छन् ।

 

﴿ وَكَذَلِكَ نُوَلِّي بَعْضَ الظَّالِمِينَ بَعْضًا بِمَا كَانُوا يَكْسِبُونَ ﴾ [الأنعام: 129].

अनुवाद: र, यसरी नै हामी अत्याचारीहरूले गर्ने गरेका कुकर्मले गर्दा तिनीहरूलाई एक अर्काको सहयोगी बनाइदिन्छौं ।


पापको संकेत यो पनि हो कि यसले वातावरणमा अशान्ति पैदा गर्छ

﴿ ظَهَرَ الْفَسَادُ فِي الْبَرِّ وَالْبَحْرِ بِمَا كَسَبَتْ أَيْدِي النَّاسِ لِيُذِيقَهُمْ بَعْضَ الَّذِي عَمِلُوا لَعَلَّهُمْ يَرْجِعُونَ ﴾ [الروم: 41].


अनुवाद: मानिसको आफ्नै हातको दुष्कर्मले गर्दा थल तथा जलमा विध्वंस उत्पन्न भएको छ ताकि अल्लाहले तिनीहरूलाई तिनीहरूले गर्ने गरेका केही कर्महरूको स्वाद चखाऊन् । शायद तिनीहरू (त्यसबाट) फर्कनेछन् ।


यो पनि पापको अशुभ संकेत हो कि प्रगति घट्छ र जीविकामा मुस्किल उत्पन्न हुन्छ । अल्लाह भन्नुहुन्छ:

﴿ وَأَلَّوِ اسْتَقَامُوا عَلَى الطَّرِيقَةِ لَأَسْقَيْنَاهُمْ مَاءً غَدَقًا ﴾ [الجن: 16].


अनुवाद: र, यो कि (हे मुहम्मद स.!) मानिसहरू यदि सीधामार्गमा रहेका भए हामी उनीहरूलाई खुबै सिंचित गर्ने थियौं ।


त्यसैगरी अल्लाह तआला भन्नुहुन्छ

﴿ وَلَوْ أَنَّ أَهْلَ الْقُرَى آمَنُوا وَاتَّقَوْا لَفَتَحْنَا عَلَيْهِمْ بَرَكَاتٍ مِنَ السَّمَاءِ وَالْأَرْضِ ﴾  [الأعراف: 96].

 

र, यदि ती नगरबासीहरूले ईमान ल्याएका भए तथा ईशभय राखेका भए हामी तिनीहरूकानिम्ति आकाश तथा धर्तीबाट बरकतका ढोकाहरूलाई खोल्ने थियौं ।


जहाँसम्म पापको अशुभ संकेतको सम्बन्ध यहि कुरा काफी छ कि कब्र [चिहान] र नर्कको सजायको कारण यहि नै हो । अल्लाहले हामीलाई यी दुवै सजायबाट रक्षा गरून् ।

﴿ فَأَمَّا مَنْ ثَقُلَتْ مَوَازِينُهُ * فَهُوَ فِي عِيشَةٍ رَاضِيَةٍ * وَأَمَّا مَنْ خَفَّتْ مَوَازِينُهُ * فَأُمُّهُ هَاوِيَةٌ * وَمَا أَدْرَاكَ مَا هِيَهْ * نَارٌ حَامِيَةٌ ﴾ [القارعة: 6 - 11].


अनुवाद: अनि जसको पल्ला भारी हुन्छ, उसले रुचाएको जीवन पाउनेछ । र, जसको पल्ला हलुङ्गो हुन्छ उसको बासस्थान हावियह् हुनेछ । हावियह् के हो तिमीलाई के थाहा ? दन्कँदो आगो ।


यस पश्चात म यहाँ एक कविताको एक पंक्ती पेश गर्दछु

إذا لم يعظ في الناس مَن هو مذنبٌ فمن يعظ العاصين بعد مُحمدِ.


अनुवाद: यदि पापी व्यक्ति मानिसहरूको लागि चेतावनीको स्रोत होइन भने, मुहम्मदﷺ पछि पापीहरूलाई कसले चेतावनी दिनेछ ?


अल्लाहले मलाई र तपाईलाई माफ गरून्, मेरो पश्चात्ताप स्वीकार गरुन र मेरो र तपाईंहरुको गल्तीहरुलाई ढाकछोप गरिदिउन । निश्चय नै उहाँ क्षमाशील, पश्चात्ताप स्वीकार गर्ने, क्षमा गर्ने र परम दयालु हुनुहुन्छ।


दोश्रो प्रवचन:

: الحمد لله القائل ﴿ وَإِنِّي لَغَفَّارٌ لِمَنْ تَابَ وَآمَنَ وَعَمِلَ صَالِحًا ثُمَّ اهْتَدَى ﴾ [طه: 82] ، وصلى الله وسلم على رسولنا المستغفر التواب وعلى الآل والأصحاب.

 

प्रशंसा र प्रार्थना पश्चात:

यो शैतानको चाल हो कि उसले हामीलाई पाप गर्न हिम्मत गराउँछ र तर्क गर्दछ कि अल्लाह क्षमाशील, दयालु हुनुहुन्छ, जबकि अल्लाहले भन्नुहुन्छ:

﴿ وَإِنَّ رَبَّكَ لَذُو مَغْفِرَةٍ لِلنَّاسِ عَلَى ظُلْمِهِمْ وَإِنَّ رَبَّكَ لَشَدِيدُ الْعِقَابِ ﴾ [الرعد: 6].

 

अनुवाद: वास्तविकता यो हो कि तिम्रा पालनकर्ताले मानिसहरुको अत्याचारको बावजुद तिनीहरुलाई क्षमा गर्छन्, र यो पनि सत्य हो कि तिम्रा पालनकर्ता कठोर दण्डदायक पनि छन् ।


अल्लाहका भक्तहरु! जब तिम्रो आत्माले तिमीलाई भन्छ: निस्सन्देह अल्लाह क्षमाशील, दयालु छ, यदि तिमीले पाप गर्यौ भने पनि उसले तिमीलाई दण्ड दिनेछैन, तब तिमीले उसलाई भन्नुपर्छ: के आदम र हव्वालाई केवल एउटा रूखको फल खाएको कारणले सुख र आनन्दमय स्वर्गबाट निष्कासित गरिएको थियो?


र भन्नुहोस्: हे मेरो आत्मा! के तपाईलाई थाहा छैन कि जब युनूस (अलैहिस्सलाम) ले आफ्नो समुदायलाई छोडे, उनको जीवन कष्टकर बनाइएको थियो र उनलाई एक माछाले निल्यो, त्यसपछि उनले पश्चात्ताप गरे र अल्लाहले उनको पश्चात्ताप स्वीकार गरे ।


यदि तपाईंको आत्माले तिमीलाई भन्छ: ममाथि कठोर नहुनुहोस्, के तिमीले देख्दैनौ कि ठूला-ठूला पापहरूका दोषी र अविश्वासी मानिसहरू प्रशस्त भोजन, स्वास्थ्य र सुखका साथ बाँचिरहेका छन् ? त्यसोभए तपाईं भन्नुहोस्: के तिमीले अल्लाहको यो आदेश सुनेका छैनौ ?

﴿ وَلَوْ يُؤَاخِذُ اللَّهُ النَّاسَ بِمَا كَسَبُوا مَا تَرَكَ عَلَى ظَهْرِهَا مِنْ دَابَّةٍ وَلَكِنْ يُؤَخِّرُهُمْ إِلَى أَجَلٍ مُسَمًّى فَإِذَا جَاءَ أَجَلُهُمْ فَإِنَّ اللَّهَ كَانَ بِعِبَادِهِ بَصِيرًا ﴾ [فاطر: 45].


अनुवाद: र, अल्लाहले मानिसहरूलाई तिनीहरूको क्रियाकलापले गर्दा (तत्कालै) समात्ने गरेको भए पृथ्वीमा एउटा जीवलाई पनि छोड्ने थिएनन् । तर अल्लाहले तिनीहरूलाई निश्चित समयसम्मका लागि अवसर दिन्छन् । अतः जब तिनीहरूको निर्धारित समय आउनेछ अल्लाह आफ्नो सबै भक्तहरूलाई राम्ररी देख्नेछन् ।

 

उहाँ [अल्लाह] ले तिनीहरूलाई एक निश्चित अवधिको लागि छूट दिनुभएको छ, त्यसैले जब तिनीहरूको त्यो अवधि पुग्छ, अल्लाह तआलाले स्वयं आफैले हिसाब किताब गर्नेछन् । के तपाईं यो ईश्वरीय आदेशबाट अनविज्ञ हुनुहुन्छ?

﴿ لَا يَغُرَّنَّكَ تَقَلُّبُ الَّذِينَ كَفَرُوا فِي الْبِلَادِ * مَتَاعٌ قَلِيلٌ ثُمَّ مَأْوَاهُمْ جَهَنَّمُ وَبِئْسَ الْمِهَادُ ﴾ [آل عمران: 196، 197].

 

अनुवाद: (हे मुहम्मद स.!) शहरमा अनास्था प्रदर्शन गर्नेहरूको घुमफिरले तिमीहरूलाई भ्रममा नपारोस् । त्यो त अल्पकालिन मोजमज्जा मात्र हो । पछि यिनीहरूको बासस्थान नरक हुनेछ । र कति निकृष्ट बासस्थान हो त्यो !


यो वर्णन गरिएको छ कि उमर (रजि.) ले साद बिन अबी वक्कास र उनको सेनालाई सन्देश पठाउनुभयो: "यो नभन्नुहोस् कि: "हाम्रो शत्रु हामी भन्दा खराब छ, त्यसैले हामीले दुर्व्यवहार गरे पनि हामी सजाय दिइनेछैन। तर यो लागू गर्न सकिँदैन, किनकि धेरै राष्ट्र/समुदायहरू माथि तिनीहरूभन्दा खराब मानिसहरू थोपिएका छन्, जसरी इजरायलका सन्तानहरूले अल्लाहलाई असन्तुष्ट पार्ने कामहरू गरे, उनीहरूलाई मजुसी (आगोका पूजा उपासक) काफिरहरूलाई उनीहरूमाथि थोपियो । तिनीहरू उनीहरुका बस्ति र घरहरुमा फैलिए र अल्लाहको यो वाचा पूरा हुने नै थियो ।


अबू दर्दा (रजि.) ले भन्नुभयो: "जब सृष्टि अल्लाहको आदेशबाट विमुख हुन थाल्छ, तब अल्लाहको नजरमा यो धेरै अपमानित र तुच्छ हुन्छ ।"

أعوذ بالله من الشيطان الرجيم: ﴿ يَا أَيُّهَا الَّذِينَ آمَنُوا تُوبُوا إِلَى اللَّهِ تَوْبَةً نَصُوحًا عَسَى رَبُّكُمْ أَنْ يُكَفِّرَ عَنْكُمْ سَيِّئَاتِكُمْ وَيُدْخِلَكُمْ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ يَوْمَ لَا يُخْزِي اللَّهُ النَّبِيَّ وَالَّذِينَ آمَنُوا مَعَهُ نُورُهُمْ يَسْعَى بَيْنَ أَيْدِيهِمْ وَبِأَيْمَانِهِمْ يَقُولُونَ رَبَّنَا أَتْمِمْ لَنَا نُورَنَا وَاغْفِرْ لَنَا إِنَّكَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ ﴾ [التحريم: 8].

 

अनुवाद: हे आस्थावानहरू हो ! अल्लाहसित विशुद्ध प्रायश्चित गर ! आशा छ कि अल्लाहले तिमीहरूका पापताहरू समाप्त पारिदिनेछन् र तिमीहरूलाई यस्ता बगैँचाहरूमा प्रवेश गराउनेछन् जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । त्यस दिन अल्लाहले नबी एवं उनका आस्थावान साथीहरूलाई अपमान गर्ने छैनन् । उनीहरूको प्रकाश उनको अगाडि अगाडि, उनको दाहिनेतर्फ दगुरिरहेको हुनेछ र उनीहरू भनिरहेका हुनेछन्– हे हाम्रा पालनकर्ता ! हाम्रो प्रकाशलाई हाम्रोलागि पूर्ण गरिदेऊ र हामीलाई क्षमा प्रदान । निस्सन्देह तिमी हरेक कार्यको सामर्थ्य राख्दछौ।

 

नबी मुहम्मद माथी दरूद पढ्दै गर्नुहोस

(सल्लल्लाहु अलैहि वसल्लम)

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • شؤم الذنوب (خطبة)
  • شؤم الذنوب (خطبة) (باللغة الهندية)
  • شؤم الذنوب (خطبة) باللغة الإندونيسية
  • عداوة الشيطان في القرآن (خطبة) - باللغة النيبالية

مختارات من الشبكة

  • الذنوب وآثرها وخطرها (خطبة)(مقالة - آفاق الشريعة)
  • أثر الذنوب والمعاصي على الفرد والمجتمع (خطبة)(مقالة - آفاق الشريعة)
  • لو بلغت ذنوبك عنان السماء (خطبة)(مقالة - موقع د. محمود بن أحمد الدوسري)
  • سلسلة ذنوب الجوارح - خطبة: جارحة القلب(مقالة - آفاق الشريعة)
  • خطبة: الحرب الناعمة(مقالة - آفاق الشريعة)
  • منزلة الاحترام في الإسلام (خطبة)(مقالة - آفاق الشريعة)
  • أثر الطاعة في حياة الفرد من خلال كلام ابن عباس رضي الله عنهما (خطبة)(مقالة - آفاق الشريعة)
  • نفحات الذاكرين (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: من أحكام الجمعة(مقالة - موقع د. صغير بن محمد الصغير)
  • الجمعة بين التعظيم والغفلة (خطبة)(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • 130 شابا يشاركون في منتدى الشباب المسلم الإقليمي بتتارستان
  • بينزا تستضيف برنامجا صيفيا لتعليم الأطفال القرآن والعلوم الإسلامية
  • اختتام النسخة الـ18 من مسابقة حفظ وتلاوة القرآن الكريم في البوسنة والهرسك
  • انطلاق دورات «القرآن في قلوبهن» للفتيات بالمسجد التاريخي في إندركا
  • انطلاق الحملة السنوية لتوفير المستلزمات المدرسية لأبناء المسلمين في تتارستان
  • انطلاق برنامج قرآني صيفي لتنمية مهارات التلاوة في عاصمة بولندا
  • تخريج دفعة جديدة من دارسي العلوم الإسلامية في ألبانيا
  • مسجد أكسينوفو يختتم دوراته الصيفية بنجاح بموردوفيا

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1448هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 3/2/1448هـ - الساعة: 15:56
أضف محرك بحث الألوكة إلى متصفح الويب